back
CTIZAN AD

लोप्चनको ‘नक्कली गोरी’ बजारमा

वि.सं.२०७३ चैत २८ सोमवार

783 

shares

२८ चैत , मेलम्ची । गायक आस्मान लोप्चनको नयाँ गीत ‘नक्कली गोरी’को म्युजिक भिडियो बजारमा आएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा छायाङ्कन भएको उक्त म्युजिक भिडियो लोप्चनको शब्द र स्वरमा रहेको छ भने गीतको निर्देशन बुद्ध लामा तितुङले गरेका छन् । सोम लोप्चनको निर्माणमा बनेको गीतको भिडियोमा आस्मान लोप्चन र सरला सापकोटा प्रमुख भूमिकामा देखिएका छन् भने सञ्चारकर्मी किशोर बुढाथोकी, सुन्दर शिरिष र विजय नेपाललाई पनि उक्त भिडियोमा देख्न सकिन्छ ।

लोक सेलो गायनमा प्रखर रहेका लोप्चनको ‘आस्याङको छोरी’ र ‘हिमाल पारिको गाउँ’ बोलको दुईवटा गीतको भिडियो यसअघि नै बजारमा आइसकेको छ ।

यसअघिका गीतबाट निकै नै चर्चित बनेका तथा धेरैको मन जित्न सफल गायक आस्मानको यो तेस्रो गीति कोसेली हो । भिडियोमा मायाप्रीतिसम्बन्धी गीतहरु रहेका छन् । दर्शक तथा श्रोताले निकै माया तथा सद्भावका साथसाथै हौसला प्रदान गरेकाले नै आफूले नयाँ गीत दर्शक तथा श्रोतामाझ ल्याएको उहाँको भनाइ छ ।

वि.सं.२०७३ चैत २८ सोमवार ०३:३६ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...