
होम प्रसाद नेउपाने, धरान
छोरो र बुहारी आआफ्नो काममा, नातिनी स्कुल गएपछि म एक्लै । विरक्तिएको दिन । साधा कापीकलम लिएर लघुकथा लेख्न बसेको थिएँ । रुमलिएको छायाँ सम्झँंदै केही कोर्न थालेँ । न कुनै शब्द बने न हरफहरू सृजना भए । कोर्न चाहिँं कोरिरहेँ ।
मेरो दैनिकी आइतबारदेखि शुक्रबारसम्म यसरी नै चलिरह्यो । आज शनिबारको दिन । छोरा बुहारी आआफ्नो लुगाधुने र नुहाउने काममा व्यस्त छन् । नातिनी आफ्नै धुनमा खेलिरहेकी छिन् । म कोर्दाकोर्दै मसी सकिएको कलम जस्तै भएर घोरिँदै थिएँ ।
“बुवा, बुवा ! के भयो तपाईँंलाई ? यो के लेख्नु भएको ?” नातिनीले हातबाट कापी खोसेर लगिन्, नियालेर हेरिन् र दौडँंदै छेउमा आएर मलाई देखाउँंदै भनिन्, “वहाँ त हाम्रो आमा हई, अस्ति तुलसीको मोठबाट बोकेर धेरै मान्छेले भगवान्को घर लगेको हो नि ! हैन त बुवाहजुर ?”