Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डले सहजै पाउँछन् विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । बिहीबार चैत ६ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संसद सचिवालयलाई पत्र पठाएका थिए ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनसँगै तत्कालिन सत्ता गठबन्धन भत्किएको थियो । गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागि कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सहजै बहुमत

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि १३८ मत चाहिन्छ । हाल प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसहित १० दलको समर्थन छ। सबै दलले मत दिँदा बहुमत सहजै पुग्नेछ ।

माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, नाउपा ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद संख्या रहेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत प्रचण्डलाई विश्वासको मत दिनेछन् ।

यस्तोमा प्रचण्डको पक्षमा १ सय ६१ भन्दा बढी सांसदको मत आउनेछ ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार

राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन विभाजित बन्यो । एमाले र राप्रपा सरकारबाट बाहिरिए । तर, हालसम्म पनि मन्त्रिपरिषद् अपूर्णं छ । माओवादी केन्द्र र नेपाली कांग्रेससहित १० दलका बीचमा बेग्लै गठबन्धन बनेको छ ।

बेग्लै गठबन्धन बनेपनि अन्य दल सरकारमा सहभागि छैनन् । बुधबार मात्रै नेपाली कांग्रेसले विश्वासको मत दिएपछि मात्रै सरकारमा सहभागि हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएअनुसार दलहरुका बीच विश्वासको मत लिएपश्चात मात्रै सरकार विस्तार गर्ने तयारी छ । चैत ६ मा विश्वासको मत लिएलगत्तै मन्त्रालय बाँडफाँट गरी सरकार विस्तार हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम