Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

स्याउका बिरुवामा रोग लाग्दा किसान चिन्तित



जुम्ला । स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका–१ का नर रावतले बताए ।

कीराको सङ्क्रमण स्याउ बगैँचमा फेला पर्ने बित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु । सिँचाइ, मलखादको चिन्ता छैन । रोग कीराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको तिला गाउँपालिका–२ स्याउ किसान दलबहादुर रावतले जानकारी दिए । स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ, त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ ।

स्याउ किसान रावतले भने, “वर्षँैपिच्छे कुनै न कुनै रोग कीराको सङ्क्रमण भइरहेको हुन्छ । त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ ।” बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले कीराको प्रकोप देखिएको थियो । तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको स्याउ किसान रावतको भनाइ छ ।

जिल्लाका अधिकांश स्याउ बगैँंचाका बोटमा सो समस्या देखापरेको जनगुनासो आउने गरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । जुम्ली स्याउमा बर्सेनि रोग कीराको सङ्क्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईँले जानकारी दिए । बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग कीराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए । जिल्लाभरि चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम