Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच सम्झौता



काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा एसोसिएसनका तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एवं एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति थियो ।
सम्झौतापश्चात एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरुले पीओएस, क्यूआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रिन इकोनोमीलाई टेवा पुर्याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए ।

उनले वास्तविक रुपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिष्कृत डिजिटल सेवासुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झन्डै २ खर्बको तेल खरिदबिक्री कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एवं खरिदकर्ता दुबै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुँदा बैंकसँगको सम्झौतापश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

सम्झौतापश्चात बैंकले विभिन्न चरणमा एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरुसमेत सञ्चालन गर्नेछ । माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिक रुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुनेछ ।

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ विभिन्न समयमा विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ ।

सोहीअन्तर्गत हाल बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ई–कमबाट भुक्तानी गर्दा २३ प्रतिशत वा १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ सम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।