Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



२९ चैत, धनगढी । कैलालीमा आइतबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीको चटकपुर सडकमा ना ५ ख ९४०८ नंको बसको ठक्करबाट घाइते भएका कञ्चनपुर झलारी–पिपलाडी नगरपालिकाका पानसिं बोहराका छोरा सातवर्षीय मनोजको उपचारार्थ भारत लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

यसैगरी आइतबार नै पूर्वपश्चिम राजमार्गको कैलाली घोडाघोडी सडकखण्डमा से ५ प ९८८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय हेमराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनाबाट सडकमा हिँडिरहेका कैलाली मसुरियाका धनबहादुर कँडेल घाइते भएकामा उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको