Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत



काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका छन् । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो ।

विश्वासको मतको विपक्षमा १७ मत पर्‍यो भने ७ जना सांसद तटस्थ बसे ।

जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका थिए । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ ।

मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत लिएका हुन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १०५ सांसदको विश्वासको मत प्राप्त गरेका थिए भने प्रदेश सभामा उपस्थित सात मध्ये छ दलको समर्थन थियो । नेमकिपाका ३ सांसदले मात्र उनलाई विश्वासको मत दिएका थिएनन् ।

तर शुक्रबार उनलाई माघ ३ गते विश्वासको मत दिएका दलहरु नेकपा एमाले र राप्रपाले मत दिएनन् । अब प्रदेश सभामा नेकपा एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा रहनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।