Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

ड्रोन आक्रमणमा अमेरिकी ठेकेदार मारिए, अन्य चार सैनिक घाईते



वासिङ्टन । उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन् । आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएको अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ ।

इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार आक्रमणमा मारिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको हो । अमेरिकी गुप्तचर अधिकारीले उक्त आक्रमण इरानमा निर्मित ड्रोनबाट भएको बताएका छन् ।

यसैबीच, सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा भएको आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ । रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताएका छन् । (रासस\एएफपी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको