
सन्तोष राई, न्युयोक । अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरले दिवंगत समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा शनिबार श्रद्दान्जली सभा आयोजना गरेको छ ।
समाजसेवी राई युक्राका आजीवन सदस्य तथा पूर्वकेन्द्रीय कोषाध्यक्ष, युक्रा न्युयोर्क च्याप्टरका पूर्व सभापति नविन कला राई तथा युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त कला राईका बुवा समेत थिए ।
युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बसन्ती राईको सभापतित्व तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राई प्रमूख अतिथी रहेको कार्यक्रम गत शनिबार ४०–०८–७६ स्ट्रिट ज्याक्सन हाइट स्थित ग्याल्सुम्दो सेवा समाजको भवनमा आयोजना गरिएको थियो ।
वि.स. १९९८ मा खोटाङको पाथेकामा जन्मिएका स्वर्गीय राईको २०७९ कार्तिकमा सुनसरीको तरहरामा निधन भएको थियो । उनी भूतपूर्व बेलायती सेना थिए । बेलायती सेनाबाट पेंसमा आएपछि लामो समय समाज सेवामा लागेका उनका श्रीमति र दुई छोरी नविन कला र शान्त कला राई छन् ।
उक्त सभामा प्रमूख अतिथी कलाकार राईले स्व. बल प्रसाद रदखु राई आफन्त नाताले देबा (ठुलो बुवा) भएको हुँदा आफुले धेरै पहिले देखी चिनेको बताए । उनले समाजसेवी स्व. राई दयालु, मिलनसार मनका धनी आफन्त नरनातासँग सधैं समधुर सम्बन्ध राख्ने गरेको सुनाए ।
त्यसैगरी संयुक्त राज्य अमेरिका न्युयोर्क राज्यका पर्यटन सद्भावना दूत केशवराम राईले समाजसेवी स्व. बल प्रसाद रदखु राई र आफु बेलायतको सेनामा संगै काम गर्दा देखिनै समधुर सम्बन्ध रहेको स्मरण गर्दै मन्चमै भावुक बनेका थिए ।
त्यस्तै, युक्रा केन्द्रका भूतपुर्ब अध्यक्ष प्रभाकर राईले स्व. बल प्रसाद रदखु राईसँग प्रत्यक्ष भेट्न नपाए पनि आफ्नै बहिनी जस्तै नबीन र शान्त धेरै पहिले देखी नजिकबाट चिनेको बताए ।
मन्तव्य दिने क्रममा युक्राकी निवर्तमान अध्यक्ष मुना राईले स्व. बल प्रसाद रदखु आफ्नो नजिकैको आफन्त रहेको भन्दै दयालु र मिलनसार भएकै कारणउनको निधनले धेरैलाई स्तब्ध तुल्याएको भनाई व्यक्त गरिन् ।
समाजसेवी स्व. राईलाई नजिकबाट चिन्ने सुकु रूम्दाली राईका अनुसार उनी आफ्नो काम कर्तव्यमा निष्ठावान भएकै कारण बेलायती सेनामा रहँदा इमान्दारिता प्रतिक मेडल पाएका थिए ।
युक्रा केन्द्रीय अध्यक्ष जय कुमार राई उक्त श्रद्दान्जली सभामा प्राविधिक कारणले उपस्थित हुन नसके पनि समवेदना पठाएका थिए ।
‘जीवनको अन्तिम सत्य नै मृत्यु हो, जून कसैले रोक्न छेक्न नसक्ने र आफ्ना प्रियाजन छुटिएर जादाँको पिडा साच्चिकै कहाली लाग्दो हुन्छ,’, युक्रा केन्द्रिय अध्यक्ष राईले पठाएको सन्देशमा भनिएको छ । उक्त सन्देश युक्रा केन्द्रिय सदस्य गरचा किरातले वाचन गरेका थिए।
युक्रा न्युयोर्क च्याप्टरका उपाध्यक्ष कृष्ण राईले सो श्रद्दान्जली सभामा उपस्थित सबैमा आभार व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बसन्ती राईले समाजसेवी स्व. राईको निधनले आफुलाई अत्यन्तै दुखी तुल्याएको बताउँदै सोकाकुल परिवारजनमा साहनुभुति व्यक्त गरिन् ।