Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

युक्रेनले सन् २०२३ मा पनि चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने



कीएभ । युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् । “युक्रेनलाई आबश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रूपमा उपलब्ध गराइनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले जनाएको छ ।

“युक्रेनको गहुँ बाली लगभग ६० लाख टनको घरेलू खपतको साथ यस वर्ष एक करोड ६० लाख ६० हजार टन अनुमान गरिएको छ,”उनले भने । युक्रेनी सरकारले किसानहरूलाई जारी वसन्त ऋतुको रोपाइँ अभियानलाई सुचारु रूपमा सञ्चालन गर्न मद्दत गरिरहेको उनले बताए ।

युक्रेनको कृषि मन्त्रालयका अनुसार गत वर्ष युक्रेनका किसानले पाँच करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए । (रासस÷एएफपी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको