Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा नौ आप्रबासीको मृत्यु, ६७ जना बेपत्ता



ट्युनिस । उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो ।

डुङ्गा यूरोप छिर्ने आप्रबासी बोकेर इटालीतर्फ गइरहेको समयमा दुर्घटना भएको सरकारी अधिकारीहरुले बताएका छन् । ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

संयुक्त राष्ट्र सङ्घको पछिल्लो तथ्यांक अनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो सङ्ख्या एक हजार ३०० मात्र रहेको थियो । (रासस/सिन्ह्वा)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।