काठमाडौं । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज ल्याएको छ ।
कम्पनीको निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागि आफ्टर–सेल्स सेवाको रुपमा यो प्याकेज ल्याएको हो । यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पु¥याउने कम्पनीले बताएको छ ।
पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेन्यून स्पेयर पार्टस्, र प्राविधिक ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पु¥याउने सुनिश्चित गर्दछ । कम्पनीको अनुसार यो प्याकेज गोल्ड र सिल्भरमा उपलब्ध छ ।
सिल्भर प्याकेजमा निःशुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन् ।
यस्तै, दुबै प्याकेजहरूमा निःशुल्क २४–घण्टे रोड साइड असिस्टेन्स बडी पार्टस् र शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ । यो सेवा नेपाल भरी रहेका निसानका सम्पुर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ चैत १३ सोमवार ०८:२७ मा प्रकाशित