Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा क्रेडिट कार्डको ऋणबाट मुक्त हुन सिलवालको चार सुझाव



काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै आएका सानुवावु सिलवालले अमेरिकामा क्रेडिट कार्डको ऋणबाट मुक्त हुनका लागि चार उपाय सुझाएका छन् ।

सिलवालले यतिबेला इतिहासमै अमेरिकनहरुको क्रेडीट कार्डको ऋृण गतवर्षको तुलनामा झन्डै २० प्रतिशतले माथि उक्लिएको रेकर्ड कायम भएको बताएका छन् । सिलवालका अनुसार अमेरिकनहरुले ९९६ बिलियन डलर तत्काल पेमेन्ट गर्नुपर्ने बाकि ब्लालेन्स रहेको छ ।

सिलवालले भनेका छन्, ‘कतिवटा क्रेडिट कार्ड छ तपाइसङ्ग अहिले ? उक्त क्रेडिट कार्डको ब्यालेन्स ड्यु कति छ तपाइको अहिले तत्काल? त्यो ब्यालेन्स ड्यु मिनिमम पेमेन्ट मात्रै तिरिरहनु भएको छ कि खर्चेर ब्यालेन्स पुर्ण रुपमा पेमेन्ट गरिरहनु भएको छ ? यदि छैन भने वा क्रेडिट कार्डको ऋृणले थलिएर बसिरहनु भएको छ या तपाइको हालको आम्दानीले सबै तिरनतारन गरि बाँकी रकम क्रेडीट कार्डलाइ भुक्तानी गर्न मिल्छ कि मिल्दैन ?’

यदि क्रेडिट कार्डको रकमले गार्हो सार्हो बनाइरहेको छ भने तपाइलाइ क्रेडिट कार्डको ऋृणबाट मुक्ति लिन भन्दै सिलवालले यी उपाय सुझाएका छन् ।

१) क्रेडिट कार्डको ऋण भुक्तानिमा एक मार्ग माध्यम अपनाउनु ।

२) मिनिमम अमाउन्ट रकम भन्दा बढि तिरिदिनु ।

३) एक द्वार मार्ग कन्सोलिडियट गर्नु क्रेडिट कार्ड ऋण ।

४) तपाइको खर्चको लिष्ट लय वाच गर्नुहोस ।

सिलवालले भनेका छन् ‘यति मात्रै गर्नु भयो भने तपाइ क्रेडिट कार्डको ऋणको ठुलो महामारिबाट बच्नुहुनेछ । अहिलेको महङ्गि र मन्दिमा तपाइले मैले दिएको टिप्स अनुसार काम गर्नु भयो भने तपाइको आफ्नो फाइनान्सियल जोखिमबाट तत्काल बच्नुहुनेछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।