
अमेरिका । अमेरिकाको टेक्सासमा रहेकी सरस्वती ओलीले अमेरिकाका नेपालीबीच सहयोगको याचना गरेकी छन् ।
टेक्सासमा बस्दै आएकी ओलीले क्यान्सर रोगबाट आफ्ना ४२ वर्षीय श्रीमानको मृत्यु भएपछि सहयोगका लागि अनुरोध गर्दै गो फन्ड मि संचालनमा ल्याएकी छन् ।
गत २४ घण्टा अगाडी खोलिएको गो फन्डको लक्ष्य २० हजार डलर राखिएको छ भने अहिले मार्च २६ आइतबार ८ः३० बजे सम्म १२ हजार ४ सय डलर संकलन भैसकेको छ ।
२४ घण्टा अगाडी मात्र दाहसंस्कारको लागि सबैमा अनुरोध गरेकी टेक्सास अर्भिङ्गकि सरस्वती ओलीले १२ महिना भन्दा बढी समय क्यान्सरसँग लड्दै आएका श्रीमान्लाई गुमाउनु परेको पीडा गो फन्ड मीमा उल्लेख गरेकी छन् ।
श्रीमान केवल ४२ बर्षको मात्र भएको तथा एकछोरा र छोरीलाई छोडेर गएको ओलीले उल्लेख गरेकी छन् । उनले श्रीमानलाई क्यान्सर भएको पत्ता लागेदेखि आफुहरुले निकै कठिन समय भोगेको र दुबैजना एक वर्षदेखि काम नगरेको समेत उल्लेख गरेकी छन् ।
उनले दुई बच्चाहरुसंगै आफ्नो जीवन कसरी अगाडि बढाउने भनेर सोच्न नसकेका भन्दै भावुक बनेकी छन् । ‘श्रीमानलाई बचाउन सक्दो प्रयास ग¥यौं, तर हाम्रो सबै समय र पैसा खर्च गरेर पनि बचाउन सकेनौं । अब म अन्तिम संस्कार र हुलाकबाट आउने बिजक (मेलबक्स बिल)हरू सहित आगामी खर्चहरूको बारेमा चिन्तित छु ।’ उनले अझ लेखेकी छिन ।
उनले मानव जीवनको सत्यलाई स्वीकार गरेको बताउँदै आगामी दिनहरूमा बच्चाहरू र व्यक्तिगत जीवनको हेरचाह गर्ने निर्णय गरेको भन्दै यस दुखद घडीमा नेपाली समुदायको प्रार्थना र प्राप्त हुने आर्थिक सहयोगले आफू अगाडी बढ्न सक्ने बताउँदै सहयोगको याचना गरेकी छन् ।