Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी



काठमाडौँ (बेइजिङ) । टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जापानी नागरिकविरुद्ध कानुनअनुसार बलजफ्ती आपराधिक कदम चालेका छन् ।”

माओले भने, “यी जापानी नागरिकमाथि आपराधिक कानून र जनवादी गणतन्त्र चीनको जासुसी विरोधी कानूनको उल्लङ्घन गर्दै जासुसी गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ ।”

उनले भने, “चीन विधिको शासन भएको देश हो । चीनमा रहेका सबै विदेशी नागरिकले चिनियाँ कानुनको पालना गर्नुपर्छ र दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।”
जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले सोमबार पत्रकारसँग कुरा गर्दै चीनस्थित टोकियोको दूतावासलाई ‘यसै महिना ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएको’ जानकारी दिइएको बताए ।

उनले पक्राय परेका व्यक्तिको पहिचान, उनकोे कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिएनन् ।

मात्सुनोले भने, “हामीले यो घटनाबारे थाहा पाएदेखि नै जापानी सरकारले ती जापानी नागरिकलाई तत्काल रिहा गर्न जोडदार आग्रह गर्दै आएको छ ।” टोकियोले ती व्यक्तिसँग ‘कन्सुलर एक्सेस’को पनि माग गरिरहेको उनले बताए । (रासस÷सिन्ह्वा)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको