Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नयाँ अर्थमन्त्रीकाे चर्चाका बीच सेयर बजारमा उत्साह



काठमाडौं। नयाँ अर्थमन्त्रीकाे चर्चा हुँदै सेयर बजारमा राैनक देखिएकाे छ । आइतबार घटेको बजारमा भाेलिपल्टै उत्साह छाएकाे छ ।

आइतबारको गिरावटपछि १८ सय ८८ सम्म ओर्लिएको सूचक फेरि १९ सय माथि उक्लिएको छ। अहिले बजार १९ सय विन्दुमा कायम छ। बजारमा आज ३९ अंकभन्दा बढीको उतारचढाव देखियो। अन्त्यमा भने १७.७० अंकले बजार बढेर बन्द भएको हो।

साेमबार काराेबार रकममा पनि बृद्धि भएकाे छ । साेमबार एक अर्ब ३८ करोड रुपैयाँको किनबेच भयो।

दलहरूका बीच मंगलबारसम्ममा सरकार विस्तार गर्ने सहमति बनेकाे छ । आर्थिक संकट चुलिएका बेला अर्थमन्त्रालय नै नेतृत्वबिहीन हुँदा उद्दाेगी तथा व्यवसायीमा निराशा बढेकाे छ। सरकार विस्तारसँगै नयाँ अर्थमन्त्री आउने चर्चाका बीच सेयर बजारमा केही उत्साह बढेकाे हाे ।

अहिले विशेषतः कांग्रेसले अर्थमन्त्रालयकाे नेतृत्व लिने चर्चा चलेकाे छ । कांग्रेसबाट केही नामहरू बाहिर आइरहँदा सेयर बजारमा पनि उत्साह देखिएकाे हाे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।