Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालका दश उत्कृष्ट ट्राभल्स एजेन्सीका प्रतिनिधिलाई एनआरएनए सेसेल्सको स्वागत



सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ त्यसैले पनि नेपालको पर्यटन व्यवसाय अन्तर्गत बिभिन्न सम्भावना रहेको विदितै छ । साथै अफ्रिका माहादेशकै उत्कृष्ट आय दर भएको, सानो र निकै नै सुन्दर देश सेसेल्स पनि पर्यटनका लागि विश्वमै चर्चित छ ।

सेसेल्स एक टापु हो, जुन अफ्रिका महादेशको पूर्वी तटमा रहेको छ । सेसेल्सको मुख्य आय नै पर्यटन हो । विगत केहि वर्ष यता एनआरएनए सेसेल्स र नेपालस्थित सेसेल्स वाणिज्यदूतको दुई देशबीच पर्यटन लगायत अन्य सम्भावित व्यवसायहरूका निम्ति मैत्रिपूर्ण वातावरण निर्माण गर्दै आउनुका साथै आगामी दिनहरुमा झनै सशक्त बनाउन प्रयासरत छन् ।

२६ मार्च २०२३ का दिन कतार एयरलाइन्सले आफ्नो व्यवसायको प्रमोट गर्दै नेपालका दश उत्कृष्ट ट्राभल्स एजेन्सीहरूलाई नेपालका लागि सेसेल्सका वाणिज्यदूत र एनआरएनए सेसेल्सको मैत्रीपूर्ण सहयोगमा सेसेल्स भ्रमणको अवसर प्रदान गरेको छ ।

सोहि अवसरमा उनीहरूलाई काठमाडौंबाट विमानस्थलमा वाणिज्यदूत नरेश दासले बिदाइ र सेसेल्स विमानस्थलमा एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिक र अन्य पदाधिकारीहरूले स्वागत गरेका थिए । भ्रमण टोलीले सेसल्सको सबैभन्दा ठूलो (जहाँ राजधानी अवस्थित छ) माहे, दोस्रो ठूलो टापू प्रासलिन र तेस्रो ठुलो टापुसहित तीनैवटा टापूको भ्रमण गर्ने कार्यक्रम रहेको एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकले संसारन्युजलाई जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।