Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सत्ता साझेदार दलहरुको बैठक बस्दै, आजै विस्तार होला त मन्त्रिपरिषद् ?



काठमाडौं । सत्ता साझेदार दलहरुको बैंठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रालय बागबन्डाका विषयमा टुंगो लगाउने बताइएको छ ।

मन्त्रिमण्डल विस्तारका विषयमा सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटारमा छलफलमा जुटेका थिए । सोछि छलफलपछि मन्त्रालय भागवन्डा टुंगो लगाउनका लागि आज बैठक बोलाउने निर्णय भएको थियो ।

आजको बैठकमा दलहरुबीच सहमति भएमा प्रधानमन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । सत्ता साझेदार दलहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरु सहभागी छन् ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आठ मन्त्रालयमा आफ्नो दावी गरेको छ । पार्टीका उपसभापति पुर्ण बहादरु खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको सो पार्टीले अर्थ, परराष्ट्रलगायतका मुख्य–मुख्य मन्त्रालय आफुले पाउनु पर्ने दावी गर्दै आएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको दावी गरेको छ । माओवादीले गृहसहित परराष्ट्र मन्त्रालयमा समेत दावी गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहसहित तीन मन्त्रालयको दावी गरेको छ । उसले गृह नपाए सरकारबाट बाहिरीने चेतावनी समेत दिएको छ ।

नेकपा एमालेसहित पुष १० गते बनेको सात दलीय गठबन्धन सरकारमा सो पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयसहित एक राज्यमन्त्री पाएको थियो । गृहमन्त्री रहेका पार्टी सभापति रवी लामिछानेको नागरिकता मुद्दामा सांसद पद खारेज भएसँगै सो पार्टी सरकारबाट बाहिरीएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीले उपराष्ट्रपतिसहित तीन मन्त्रालयको दावी गरेको छ भने नेकपा (एकिकृत समाजवादी) ले आफुले चाहेका तीन मन्त्रालय पाएमा सरकारमा सहभागी हुने बताउँदै आएको छ । उसल सम्मानजनक बाँडफाँट हुन नसकेमा बाहिरीने चेतावनी दिँदै आएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई एक÷एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्रीको रहेको छ । साथै प्रभु शाह नेतृत्वको आम जनता पार्टी, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला नेतृत्वलाई भागबन्डा मिलाउन सकस परिरहेको छ ।
हाल प्रधानमन्त्री प्रचण्डसँग प्रधानमन्त्री सहित १६ मन्त्रालयको जिम्मेवारी रहेको छ । सोहि मन्त्रालयहरुमा भागवन्डा मिलाउनका लागि दलहरु छलफल र संवादमा रहेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।