
काठमाडौ । लुम्बिनी विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत मुलुकभर नै वित्तीय साक्षरता कार्यक्रम गरेको हो । युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ नारासहित चैत ६ गतेदेखि आइतबारसम्म कार्यक्रम सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले विद्यालय समुदायका लागि वित्तीय शिक्षा र विभिन्न वित्तीय गतिविधिका सन्दर्भहरू प्रस्तुत गर्दै कार्यक्रम गरेको हो । विद्यार्थीहरूलाई वित्तीय योजना र व्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीलगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।
बैंकले सुदूरपश्चिमको धनगढी र लम्की, कर्णालीको विरेन्द्रनगर, लुम्बिनीको नेपालगञ्ज, घोराही र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । त्यस्तै, गण्डकीको पोखरा, बागमतीको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको वीरगञ्ज र कोशी प्रदेशको विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।