
काठमाडौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्याकारी अधिकृत (सीइओ) मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई फागुन १७ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो ।
क्षेत्री यसअघि साविक सिद्धार्थ इन्स्योरेन्सको सीइओको रुपमा कार्यरत रहेका क्षेत्री पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट ‘एफआइआइ’ उपाधी हासिल गरेका छन् ।
उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिका रुपमा परिचित रहेका छन् । साथै सोहि बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ ।