Logo
१८ जेष्ठ २०८०, बिहीबार
     Thu Jun 1 2023
E-paper
  English Edition
   Unicode
Logo

नबिल बैंकले सार्वजनिक गर्यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन



काठमाडौ । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको पूर्वाधार तथा परियोजना वित्तीय (आईपीएफ) डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक भएको छ ।

२०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) हस्ताक्षरकर्ताहरू मध्ये एकको रूपमा नबिल बैंकले हस्ताक्षर गरेको प्रतिबद्धता अनुसार प्रतिवेदन सार्वजनिक भएको हो ।

आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवा र अन्य व्यवसायिक क्षेत्रहरूमा लगानी र ऋणको दायरा समावेश भएको बैंकले जनाएको छ ।

आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गरिएको थियो । कार्बन उत्सर्जनको मूल्यांकनअनुसार सन् २०२२ को कुल उत्सर्जन ८०,६७१.३७ टन कार्बनडाइअक्साइड बराबर रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यससँगै जलविद्युत र सौर्य ऊर्जामा भएको लगानीमा २१३१.८१ टन कार्बनडाइअक्साइड उत्सर्जनबाट बच्न सकिन्छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘यो महत्त्वपूर्ण रकम भए पनि हामी हाम्रो कार्बन फुटप्रिन्ट घटाउन र हाम्रो पोर्टफोलियोलाई थप दिगो बनाउन सक्रिय रूपमा काम गरिरहेका छौं’ नबिल बैंक दिगो भविष्य निर्माणमा समर्पित रहेको बताउँदै उनले थपे, ‘यसका लागि सामूहिक पहल आवश्यक छ भन्ने हामीले बुझेका छौं ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।