Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली बजारमा शाओमी १३ लाइट,के–के छन् त यसका विशेषता ?



काठमाडौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
उत्कृष्ट तस्बिरहरुका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडा भन्छन्, ‘शाओमीकोलक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो । हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीका लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौँ ।’

यस शाओमी १३ लाइटमा छण्ःए ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको क्ष्ःह्ठटट सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरुको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरुमा स्वचालित रुपमा फोकस गर्न सक्षम छ । जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रुपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

फ्ल्यागसिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ ।

३२ एमपी फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरु प्रदान गर्दछ भने यसको ८ एमपी फ्रन्ट क्यामेराले सेल्फ–पोट्रेटहरुमा प्राकृतिक रुपहरुका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रुपमा काम गर्दछ । शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरुको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रुपमा जुम इन वा जुम आउट गर्दछ ।

सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरु समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरु र भिडियो कलहरु सजिलै लिन सक्षम बनाउँछ । यसमा भएको २ सेल्फी जुमले क्लोजअप फोटोको ईनडेप्थ विवरणहरु खिच्न सक्षम बनाउँछ ।

स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाइन गरिएको छ । यसको ६.५५ इन्च कर्भ डिस्प्लेले शाओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।