Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

एमालेभित्र निरन्तर पेलानमा परेका भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा



काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावल पार्टीभित्र निरन्तर पेलानमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको टोसलोको कारण उनी पार्टीभित्रै नरहने अवस्थामा पुगेका छन् ।

एमालेभित्र पेलानमा परेका रावल एमालेबाट बाहिरिने तयारीमा मात्रै पुगेका छैनन् नयाँ पार्टी नै खोल्ने तयारीमा समेत पुगेका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेल गर्दै रावलले जनताले चाहना राखे नयाँ पार्टी खोल्नसक्ने बताए ।

“मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन”, रावलले भनेका छन्, “तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिदैछ, अहिले पनि सहेर बसेको छु तर अब यस्तै भए विकल्प सोच्न बाध्य हुनेछु ।”

एमालेभित्र आफूलाई किनारा लगाइएको प्रति उनले नेतृत्वमा रहेको क्षेत्रीय सोंचको प्रभाव भएको आरोप लगाएका छ । “एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन”, रावलले भनेका छन्, “तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।”

बताइएअनुसार रावल केही समय नयाँ पार्टी बनाएर एकीकृत समाजवादीमा जाने तयारीमा छन् । घनश्याम भुसालसहितका नेताहरु एकीकृत समाजवादीमा गएसँगै रावललाई पनि उक्त पार्टीमा जाने वातावरण सहज बनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको