नेको इन्सुरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ ।
चैत्र २७ गते कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीका संस्थापकहरुको शेयरलाई साधारण शेयरमा परिवर्तन गरेर संस्थापक र साधारण शेयरको अनुपात ५१ प्रतिशत र ४९ प्रतिशत गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी कम्पनीले रणनैतिक साझेदार सम्बन्धमा आवश्यक प्रकृया अघि बढाउन संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत सर्वसम्मतिले पारित गरेको कम्पनीद्वारा जारि गरिएको विज्ञप्तिमा जनाईएको छ ।