Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

भड्कियो पहिचानवादीको आन्दोलन, कोशीका सांसदहरू बसेको होटल तोडफोड



काठमाडौं । कोशी नामाकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । कोशी प्रदेशको नामाकरणको विरोधमा लगातार प्रर्दशन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

मंगलबार प्रदर्शनकारीले प्रदेश सांसद बसेको होटलमा ढुंगामुढा गरेका छन्। यस क्रममा होटलमा क्षति पुगेको छ।

विराटनगरको बिग होटेलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू पुगेका थिए । कार्यक्रम शुरू भएको केही समयमै संघर्ष समितिका कार्यकर्ताहरू त्यही होटेलमा पुगेर घेराउ गरेका थिए ।

उक्त होटलअगाडि मुठभेडको स्थिति सिर्जना हुन नदिन यतिबेला कडा सुरक्षा व्यवस्था पारिएको छ। आन्दोलनकैबीच सांसदहरू होटलभित्र पसेका हुन्। अहिले उक्त क्षेत्रमा तनावग्रस्त छ । आन्दोलनकारीले होटल विगको कफी सपको सीसा पनि फुटाइदिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको