Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

एकीकृत समाजवादीका दुई नेताद्वारा पार्टी परित्याग



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी परित्याग गरेका छन् ।

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामालाई मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

दुबै जनाले मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए । एमाले फर्कने तयारीका क्रममा नेताहरुसँग छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ। उनले पछिल्ला दिनमा पार्टीभित्र एमालेसँग मिल्नु पर्ने अभिव्यक्ति दिँदै आएका थिए ।

उपाध्यक्ष न्यौपाने तत्कालीन एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्दै आएका उनी एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

#Kedarneupane#chudamaniJungali#Lefttheparty

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।