Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

भित्तेपात्रो सार्वजनिक गर्दै चितवन समाजको बनभोज सम्पन्न



calenderनारायण रपाल विश्वकर्मा, बहराईन । अनेकतामा एकता, एकताको मन, हाम्रो प्यारो चितवन” भन्ने मुल नारा का साथ स्थापित भई बहराईनमा रहेका चितवनबासि हरुको साझा संस्था चितवन सेवा समाज ले नयाबर्ष को शुभ कामना आदानप्रदान गर्दै नया बर्ष २०७४ सालको भित्तेपात्रो बनभोज गरि सार्बजनिक गरेको छ ।

 गएको ०७ अप्रिल २०१७ का दिन बहराइनको हमला स्थित सारा गार्डेन मा सम्पन्न भएको बनभोज कार्यक्रममा चितवन समाज का अधिकांस सदस्य हरू उपस्थिती रहेको थियो भने बिभिन्न संघ संगठन मा आबद्ध ब्याक्ती हरुको समेत सहभागिता रहेको थियो ।

 नेपाली क्लब का मानार्थ समाजसेवी गम गुरुङ को प्रमुख आतिथ्य तथा प्रवासी नेपाली मन्च का अध्यक्ष सालिकराम पन्त, नेपाली जनप्रगतिसिल मन्च का अध्यक्ष नारायण रपाल बिस्वकर्मा, चितवन समाज का प्रमुख सल्लाहकार राम कुमार रैला , नेपाली क्लब बहराइन का महासचिव दिपक गुरुङ, चितवन सेवा समाजका बरिष्ठ सल्लाहकार यादव प्रसाद देवकोटा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइन का अध्यक्ष लोक गायक असिम महत, बहराईन तामाङ सेवा समाजका अध्यक्ष श्री श्रवण मिक्चन, पत्रकार कृष्ण हमाल को कार्यक्रम मा आतिथ्य रहेको थियो । समाज का अध्यक्ष बेदराज पौडेल को सभापतित्वमा भएको कार्यक्रम औपचारिक र सांस्कृतिक गरि दुई चरण मा सम्पन्न गरिएको थियो ।

समाज का सांस्कृतिक सचिब सन्तोष श्रेष्ठ र कार्यक्रम मा समाजका अर्जुन रेग्मिले स्वागत मन्तब्य राखेका थिए ! कार्यक्रम का सभापति बेदराज पौडेल को धन्यवाद मन्तब्य सँगै अपौचारिक कार्यक्रम समापन पनि लोक गायक असिम महत को संचालन मा सांस्कृतिक कार्यक्रम को सुरुवात भएको थियो । कार्यक्रम मा स्थानिय नेपाली कलाकार हरु असिम महत, जानुका पौडेल, दया भट्टराई, उमा पौडेल, शिब अधिकारी, मेघनाथ आचार्य, रमेश केसी लगायत ले गीत संगीत पस्किएर बनभोज लार्इ भब्य बनाएका थिए ।

photo1सोही अवसरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइन का सदस्य दया भट्टराई को आउदो बैशाख १ गते बाट बजार मा आउन लागेको गीति एल्बम “हामी खेल्ने माटो” बिमोचन समेत गरिएको छ । भावना म्युजिक सोलुसन बाट बजारमा आउन लागेको “हामी खेल्ने माटो” गीति एल्बम मा विश्व बिनोद को लय, दया भट्टराई को शब्द र विश्व बिनोद, दया भट्टराई र पुर्णकला बिसि को स्वर रहेको छ् । एल्बम को सिर्ष गित ” हामी खेल्ने माटो देख्दा नी , अझै पनि रूदैं छौं झै लाग्छ , तिमी गाको बाटो देख्दा नी ” को भिडियो भने बहराइन मा नै बनाईएको गायक दया भट्टराई ले जानकारी दिएका छन !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको