Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

मन्त्रालय भागबण्डा लगाउन बालुवाटारमा बैठक : को-को छन् सहभागि ?



काठमाडाैं । मन्त्रालय भागवण्डाबारे निर्णायक भनिएकाे सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा जारी छ । बैठकले मन्त्रालय भागवण्डाबारे टुंगाे लगाउने अपेक्षा गरिएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबाेल गजुरेलका अनुसार बैठकले भागवण्डा टुंग्याएर भाेलि नै सरकार विस्तारकाे काम गर्नेछ ।

मन्त्रालय भागवण्डा लगाउन बसेकाे निर्णायक बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माअ‍ोवादीकाे तर्फबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् । यसैगरी, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।

बैठकमा जसपाबाट पार्टी अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । यता,  नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भूसाल सहभागि छन् ।

यसैगरी बैठकमा लोसपाबाट अध्यक्ष महन्त ठाकुर र शरतसिंह भण्डारी उपस्थित छन् । जनमतबाट अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागिता छ ।

माअ‍ोवादीकाे चुनाव चिन्ह लिएर चुनाव लडेकाे नेपाल समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई र महिन्द्रराय यादव सहभागी छन् ।

राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी उपस्थित छन् । यस्तै, आम जनता पार्टीबाट सांसद प्रभु साहको पनि उपस्थिति छ ।

सरकारमा सहभागि हुने भनेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे भने बैठकमा सहभागिता छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको