काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक आज पनि बस्दैछ ।
बुधबार साँझ बसेको बैठक विना निष्कर्ष टुंगिएपछि बैठक आज बिहान नौ बजे बस्न लागेको हो ।
मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बागबन्डा मिलाउन बुधबार बसेको उक्त बैठक विना निष्कर्ष टुंगिएको थियो । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दावी नछोडेपछि सहमति नजुटेको हो ।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ बुँदे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बैठकमा उपस्थित शिर्ष नेताहरुलाई वितरण गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ नामक उक्त मस्यौदामा नेताहरुले आज आ–आफ्नो राय सुझाव दिएपछि मस्यौदालाई अन्तिम रुप दिने तयारीमा दलहरु रहेका छन् ।
आजको बैठकले मन्त्रालयको भागवन्डा टुंगो लगाउने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ ।
सत्ता साझेदार दलको बैठक : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश
वि.सं.२०७९ चैत १५ बुधवार ०८:२१ मा प्रकाशित