
काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ ।
चैत्र १८ गते शनिबार दिउसो १२ बजे कम्पनीको प्रधान कार्यालय बबरमहलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।
कम्पनीले घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिने जनाएको छ ।
कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको बताउँदै जीवनभरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिइने बताए ।
यसबाट घर निर्माण गर्ने योजनामा भएका वा घर निर्माण गरी रहेकाहरुले परामर्श सेवाबाट फाइदा लिन सक्ने छन । साथै घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटीको बारेमा ध्यान नदिँदा आउने जोखिमको बारेमा परामर्श दिने पनि तिमिल्सिनाले बताए ।
हालसम्म २२ हजार भन्दा बढी घरहरुको इन्सपेक्सन एंव मर्मत सम्भार गरी सकेको जनाएको उक्त कम्पनीले काठमाडौंं उपत्यकाका अतिरिक्त पोखरा, चितवन, बुटवलबाट समेत आफनो सेवा दिइरहेको छ ।