
अमेरिका । सन्नी सगरमाथा समाज सन्निभेल क्यालिफोर्नियाको १३ औ अधिबेशन सम्पन्न भएको छ ।
सोमबार सम्पन्न उक्त महाधिबेशनले प्रमिला थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा तेज बहादुर राउत र उपाध्यक्षहरुमा विन्दु सापकोटा, महासचिवमा अनुप अधिकारी, सचिवमा मदन पाण्डे तथा कोषाध्यक्षमा राजु कार्की चयन भएका छन् ।
त्यसैगरी समाजको सदस्यहरुमा कुल बहादुर कार्की (आशिष), उत्तम शर्मा, समिना वन, सुषमा राउत, लक्ष्मी प्र. बासकोटा, वन्दना पराजुली, सोहन लुइटेल, नवराज पराजुली र मनोज ओली रहेका छन् ।