
काठमाडौं । सत्ता साझेदार दलहरुबीच सरकार विस्तारको विषयमा सहमति बनिसकेको छैन । दलहरुबीच कुन दलले कति मन्त्रालय पाउने मात्रै होइन कुन–कुन मन्त्रालय पाउने अन्योल छ ।
बुधबार बिहान निर्णय गर्न भनेर दलहरु जुटेपनि टुंगो लगाउन सकेनन् । दलहरु फेरि अहिले छलफलमा छन् । केहिबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुको बैठक जारी छ ।
सत्ता गठबन्धनका नेताहरुले बताएअनुसार यो बैठकले मन्त्रालय भागवण्डा टुंग्याउने छ र आज वा भोलि नै केही मन्त्रीले पनि सपथ लिनेछ ।
बताइएअनुसार पूर्ण आकारको मन्त्रिपरिषद भने समग्रतामा टुंगो लगाएपछि मात्रै गर्ने दलहरुबीच छलफल भइरहेको छ । दलहरूले पूर्ववत् अडान नछाड्दा पूर्णरूपमा मन्त्रिपरिषद् विस्तार गर्न कठिन भएकाे हाे ।