
काठमाडौं । राष्ट्रपति कार्यालय कति चुस्त छ भन्ने हेर्न राष्ट्रपति कार्यालयको वेबसाइट हेर्दा नै पुग्छ । जहाँ सामान्यरुपमा हुनुपर्ने ‘अपेडप’ पनि हुने गरेको देखिन्न ।
रामचन्द्र पौडेल गत फागुन २५ मा तेस्रो राष्ट्रपतिको रुपमा नियुक्त भएका थिए । पौडेल नियुक्त भएपछि राष्ट्रपतिको आधिकारिक वेबसाइट सामान्यरुपमा पनि अपडेटेट छैन । अधिकांश पेजहरुमा तत्कालिन राष्ट्रपतिसँग सम्बन्धित सूचना, तस्बिर र भिडियो मात्रै छन् ।
वेबसाइटको अंग्रेजी संस्करणको त हालत निकै विजोग छ । जहाँ कुनै गत २०७८ श्रावण १ नै अपडेट नै भएको छैन ।
सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको उपस्थिति निकै दयनीय छ । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन समय राष्ट्रपति कार्यालयको तर्फबाट खोलिएको ट्वीटर ह्याण्डल पनि निजी बनाइन । त्यसयता राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल नै छैन ।
फेसबुकमा त राष्ट्रपति कार्यालयको उपस्थिति नै छैन ।
जनशक्ति छैन राष्ट्रपति कार्यालयमा
राष्ट्रपति कार्यालयका सहप्रवत्ता लिलाकान्त पौडेल राष्ट्रपति कार्यालयको वेब हेण्डल सञ्चालनको काम राष्ट्रिय सूचना प्रविधि केन्द्रले गर्ने बताउँछन् । राष्ट्रपति कार्यालयमा वेब हेण्डल अपेडट गर्नेसमेत जनशक्ति नरहेको उनले बताए ।
“यो सबै जिआईडिसी (राष्ट्रिय सूचना प्रविधि केन्द्र)ले हेर्ने हो, किन अपडेट भएन हामी बुझ्छौं”, पौडेलले संसार न्यूजसँग भनेका छन्, “वेबसाइट चुस्त बनाउने गरी सल्लाह गर्दैछौं ।”
तर, जिआईडिसीले कुनै पनि संस्थाको वेब हेण्डल अपडेटको काम भने गर्ने गरेको छैन । जिआईडिसीका सहायक निर्देशक रमेशप्रसाद पोखरेल वेबसाइटलाई सर्भर उपलब्ध गराउने काम आफुँहरुको भएको भएपनि अपडेटको काम आफुँहरुको नभएको बताउँछन् । उनका अनुसार जिआईडिसीको तर्फबाट उपलब्ध गराइने सर्भरमा कुनै समस्या छैन ।