Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

दुई हप्ताभित्रै भरतपुर क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ– प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको एक÷दुई हप्तामै भरतपुर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यासका क्रममा बोल्दै प्रधानमन्त्रीले भरतपुर महानगरपालिका १५ मा निर्माणाधिनका क्रममा रहेको क्रिकेट रंगशालाको निर्माणको काम तिब्र रुपमा अगाडि बढाउने बताए ।

प्रधानमन्त्री प्रचण्डले डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशाला अगाडि बढाउने पनि बताए ।

प्रचण्डले ६२ वर्षपछि अहिलेको समय सापेक्ष ढंगले विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार गर्ने र २४ सै घण्टा चल्ने बनाइने बताए ।

‘सबै क्षेत्रको विकासका हिसावले हेर्दा विमानस्थलको टर्मिनल भवनको सुविधाको हिसाबले हामी धेरै पछाडि परेको स्थिति हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विमानस्थलको विस्तारका निम्ति सिंहदरबारमा गएको ५÷६ वर्षयता धेरै बैठक र सम्बन्धीत मन्त्रालयसँग, नेपाली सेना र प्रधानमन्त्री कार्यालयसँग धेरै बहस र छलफल भएका छन् । हामी अन्तत त्यो उद्धेश्यमा सफल भएका छौं । यो हामीहरुका लागि गौरवको आयोजना हो । यसमा हामी सफल भएका छौं ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको