
काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ ल्याउने भएको छ । कम्पनीले १०० रुपैयाँ दरका कुल २५ लाख ८० हजार आईपीओ ल्याउने भएको हो ।
आईपीओ निष्कासन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
नेपाल एसबिआई मर्चेन्टको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा बुधबार आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।