Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकी सेनाको दुईवटा हेलिकप्ट दुर्घटना, धेरै व्यक्ति मारिएको आशंका



काठमाडौं । अमेरिकी सेनाको दुईवटा हेलिकप्टर दुर्घटनामा परेका छन् ।

अमेरिकाको केन्टुकी राज्यमा तालिमका क्रममा भएको उक्त दुर्घटनामा हेलिकप्टरमा सवार धेरैव्यक्ति मारिएको आशंका गरिएको छ । यद्यपी हालसम्म विस्तृत विवरण नआएको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

केन्टुकीका गर्भनर एन्डी बेशियरले हेलिकप्टर दुर्घटनाको प्रारम्भिक रिर्पोट दिँदै यसमा धेरैजनाको मृत्यु भएको आशंका गरिएको बताएका छन् ।

स्थानीय समय अनुसार २१ :३५ मा भएको उक्त हेलिकप्टर दुर्घटनामा कम्तीमा नौजनाको मृत्यु भएको हुनसक्ने जनाइएको छ । साथै अमेरिकी सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेको छ ।

फोर्ट क्याम्पबेल सैन्य आधारको नजिक ट्रिग काउन्टी क्षेत्रमा दुईवटा हेलिकप्टर एचएच६० ब्लाकहक हेलिकप्टर नियमित प्रशिक्षणका क्रममा दुर्घटनामा परेको फोर्ट क्याम्पेबलका प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन् ।

उक्त हेलिकप्टरमा सवार चालकदलका सदस्यहरुको अवस्था अज्ञात छ । घटनाको अनुसन्धान भइरहेको र थप विवरण आएपछि विस्तृत जानकारी दिइने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको