Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

रास्वपाबाट उम्मेदवार बन्ने चर्चासँगै अर्थविद् स्वर्णिम वाग्लेले कांग्रेस छोडे



काठमाडौं । अर्थविद् तथा नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

वाग्लेले नेता शेखर कोइराला, महामन्त्रीद्धय गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतका पार्टीका शिर्षनेताहरुलाई एकैसाथ सन्देश पठाएर आफु कांग्रेसमा नरहेको बताएका हुन् ।

उनले पार्टीमा आफुमाथि निरन्तर हेपाइको व्यवहार सहनु परेको र केही नेताहरुको दादागिरीका कारण निरन्तर पार्टीमा अपमान सहनु परेको बताउँदै पार्टीमा नरहेको म्यासेज पठाएको एक नेताले बताए ।

तनहुँ १ बाट रास्वपाबाट उम्मेदवार बन्दै
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका रामचन्द्र पौडेल चैत २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको उक्त निर्वाचन क्षेत्रमा स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टीका तर्फबाट तनहुँ १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय भएको बताएका छन् ।

यसअघि नेपाली कांग्रेसबाट चितवन वा काठमाडौंबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने चर्चामा आएका अर्थशास्त्री वाग्ले सभापति देउवाको प्राथमिकतामा परेका थिएनन् । वाग्लेले निर्वाचनका बेला कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको