back

बैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

वि.सं.२०७९ चैत १६ बिहीवार

315 

shares
NTC AD

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन् ।

 

वि.सं.२०७९ चैत १६ बिहीवार १६:४१ मा प्रकाशित

ADBL AD
गैँडाको आक्रमणमा परी ज्यान गुमाएका चौधरीका परिवारलाई राहत

गैँडाको आक्रमणमा परी ज्यान गुमाएका चौधरीका परिवारलाई राहत

गुलरिया (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा...

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

सिमकोट (हुम्ला) । हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप...

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...