Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

यामाहाले ल्यायो नयाँवर्ष लक्षित ‘पावर अफ फाइभ’ अविश्वसनीय उपहार योजना



काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ ।

‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत रु १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा
आइफोन १४, एप्पल वाच, र एप्पल एयरपड्स जित्ने मौका पाउनेछन् ।

यो योजना आरएम१५, एमटि१५/फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । जसमा पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी थबmबजबउयधभचयाछ।अयm मा गएर वा क्युआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् ।
सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु. १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् ।

‘यो योजनाले ग्राहकहरु लाभान्वित हुनेछन्’
एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्री भन्छन्, ‘हामी २०८० को लागि “पावर अफ फाइभ“ अफर सुरु गर्न पाउँदा रोमाञ्चित छौं । यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो । हामी हाम्रो ‘पावर अफ फाइभ’ नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं ।’

उनले यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताएका छन् । ‘यस सहकार्यमार्फत् हामी प्रदर्शन र गुणस्तरको लागि हाम्रो जोश स्थापित गर्न तथा थप साहस र थ्रिल खोज्ने व्यक्तिहरूसम्म पुग्ने कुरामा आशावादी छौं ।’ क्षेत्रीले भनेका छन् ।

हरेक हप्ता लक्की ड्र मार्फत् विजेता घोषणा गरिने
साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने बताइएको छ । यो अफर आरएम१५, एमटि१५÷फ्यासिनो मोडल बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यामाहाको ‘पावर अफ फाइभ’ योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जोकोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर रहेको कम्पनीले दावी गरेको छ ।

खरीदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आईफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथास्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको