Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

सामसङले ल्यायो विभिन्न विशेषतासहितको फाइभ जीका ग्यालेक्सी ए५४ र ए३४



काठमाडौं । सामसङले दुई नयाँ आकर्षक फोन बजारमा ल्याएको छ । कम्पनीले ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी लाई बजारमा ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कम्पनीका अनुसार लोकप्रिय ए –सिरिजका २ फोनमा अद्भुत क्यामराका साथै विभिन्न विशेषताहरू रहेका छन् ।

‘हामी नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ । यी उपकरणहरुमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरू रहेका छन्, जसले ग्राहकहरूलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत गर्दछ । यो उत्कृष्टताको अनुभूति वर्षौं वर्षसम्म आइपि६७ रेटिङ र गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरुको ४ पुस्ता र ५ वर्षे सुरक्षा अद्यावधिकरुका साथ टिकी रहन सक्नेछ’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

यी फोनमा फ्लोटिङ क्यामराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ ५जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जि ३ रंगहरु कालो, हरियो र बैजनी रंगमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जि पनि कालो, हरियो र सिल्भर गरी ३ रंगहरुमा उपलब्ध छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका रहेको कम्पनीको भनाइ छ । जसको लागि यसले आइपि६७ रेटिङ पाएको जनाइएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको