
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत बेनी शाखाले आउँदै गरेको १६ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । सामाजिक उत्तरदायित्व अन्तगैत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा एक सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।
शिविरमा बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा. रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचारमात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंकले बेनीबजारमा रहेको शाखासहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।