
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस शेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पुँजीबाट बोनश सेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।