Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

विभिन्न कार्यक्रम गरी मनायो सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक’



काठमाडौं । सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’ वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ ।

बैंकले २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापी अभियान आयोजना गरी ’ग्लोबल मनी वीक २०२३’ मनाएको हो ।
ग्लोबल मनी विक २०२३ को थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचरु र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकले कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बागमती प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मती प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ वटा विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १९० जनाको सहभागिता रहेको थियो ।

यसैगरी, बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरू’ को शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु¥याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरू सञ्चालन गरिएको जनाएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको