Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

मन्त्रीमण्डल विस्तारको तयारी, शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका प्रचण्ड आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने तयारी स्वरुप राष्ट्रपति भेट्न पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथलगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।

सत्ता साझेदार दलहरुबीच बुधबार मन्त्रालयका भागवण्डाबारे सहमति बनेको थियो । कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एस २/२, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीबाट १/१ जना मन्त्री पाउने सहमति भएको थियो ।

दलहरुबीच मन्त्रालयको विषयमा पनि सहमति बनिसकेको छ । शुक्रबार साँझ बसेको बैठकले मन्त्रालयको नाम टुंग्याएको थियो । सत्ता साझेदार दलहरुले मन्त्रीको सूची बुझाएसँगै नियुक्ति गर्ने र आजै सपथ गराउने तयारी प्रधानमन्त्रीले गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको