back

अपूर्णं मन्त्रिपरिषद् विस्तार : कांग्रेस र जसपाले दिएनन् सबै नाम

वि.सं.२०७९ चैत १७ शुक्रवार

147 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० दलीय गठबन्धनका दलहरुलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हन् । यद्यपि, मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार राष्ट्रपति कार्यालयमा २१ जना मन्त्रीको नाम पठाइएको छ ।

आठ मन्त्री पाएको नेपाली कांग्रेसले चार जनाको मात्रै नाम प्रधानमन्त्रीलाई दिएको छ । आन्तरिक विवाद भएपछि कांग्रेसले अन्यको नाम नपठाएको हो । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रिहरुको नाम पठाएको छ ।

कांग्रेसबाट खड्कासहित डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री बन्दैछन् । खड्का उपप्रधानसहित रक्षामन्त्री बन्दैछन् भने महत अर्थ, रिजाल उद्योग र गुरुङ सहरी विकासमन्त्री तय भएको छ ।

यसैगरी, माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत पनि मन्त्री बन्दैछन् । बस्नेतले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि नै मन्त्री बनिसकेका नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरिएको छ । उनी भौतिकबाट गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, पर्यटनमा सुदन किराती र संघीय प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।

एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दैछन् । भुसालले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने ज्वालाले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसैगरी, जनता समाजवादी पार्टी ९जसपा०को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । जसपाले दुई मन्त्रालय पाएको भएपनि एक जनाको मात्रै नाम पठाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।

माओवादीको चुनाव चिन्हबाट लडेको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि मन्त्री पाएको छ । नेसपाबाट महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

पुस १० देखि यता सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री प्रचण्डले यसपटक पनि पूर्णं मन्त्रिपरिषद् पूनर्गठन गर्न सकेनन् । कांग्रेस र जसपाले पूर्णं नाम नपाठएको कारण थप पाँच मन्त्रालय रिक्त छन् ।

वि.सं.२०७९ चैत १७ शुक्रवार १४:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...