
अष्ट्रेलिया । अष्ट्रेलियाका नेपालीले नेपाली नयाँवर्ष २०८० नेपालका चर्चित कलाकार हरिवंश आचार्य लगायतका कलाकारहरुसँगै मनाउने भएका छन् ।
कास्की समाज अष्ट्रेलिया र नेपालीज असोसिएसन अफ कुइन्सल्यान्डको आयोजनामा यही अप्रिल ६ का दिन हुन Strathpine Community Hall मा हुन लागेको उक्त कार्यक्रममा लोकप्रिय गायक हिमाल सागर, गायिकाहरु टिका प्रसाइ र अन्जिला रेग्मीको सांगितीक मनोरन्जनात्मक प्रस्तुती रहने छ भन मिस नेपाल २०११ मलिना जोशीले कार्यक्रम संचालन गर्नेछिन् ।
नेपाली पाठशाला ब्रिसबेनको सहयोग लगायतका परोपकारी उद्वेश्यसहित आयोजना हुन लगेको उक्त कार्यक्रममा सहकार्य गर्न चाहाने गैरआबासिय नेपाली संगठन अष्ट्रेलिया कुइन्सल्यान्ड, कुइन्स्ल्यान्ड नेपाली सान्स्कृतिक केन्द्र नेपाली पाठशाला ब्रिसबेन लगायतका संघ संस्थाहरु र कार्यक्रमलाई आर्थिक र अन्य रुपमा सहयोग गर्नु हुने सबै स्पोन्सर तथा संस्थाहरुलाई आयोजकले धन्यवाद दिएको छ ।
कार्यक्रम स्थल : Strathpine Community Hall Strathpine, 199 Gympie Road, Strathpine, QLD
मिती र समय -६ अप्रिल २०२३ साँझ ५ः५० देखी ९ः३० बजे सम्म