back

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

वि.सं.२०७९ चैत १७ शुक्रवार

498 

shares
NTC AD

काभ्रेपलाञ्चोक । अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको शिक्षण सुधारका लागि शैक्षिक विधिमा थप परिस्कृत गर्न प्रविधियुक्त शिक्षण विधि अपनाइएको जनाइएको छ ।

स्थानीय तह तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्थाले उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग कार्यक्रम (लर्न)मार्फत अपाङ्गता भएका बालबालिका केन्द्रित समावेशी शिक्षालाई प्रवद्र्धनका लागि प्रविधियुक्त शिक्षणमा जोड दिइएको हो । सिकाइको समावेशी ढाँचामा आधारित शैक्षिक विधिको विकास र विस्तार गर्दै विद्यमान पहुँचयुक्त शैक्षिक स्रोतबाट समान उपलब्धि हासिल गर्न सघाउने विश्वासका साथ प्रविधियुक्त शिक्षण लागू गरिएको हो ।

कार्यक्रमअन्तर्गत हाल काभ्रेपलाञ्चोकको पाँच स्थानीय तहमा रहेका अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने विद्यालयका यस्तो सिकाइ विधि अपनाइएको हो ।

बनेपास्थित काभ्रे बहिरा माध्यमिक विद्यालयको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले प्रविधियुक्त शिक्षण विधिले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा निकै सहजता प्रदान गरेको बताए । उनका अनुसार कार्यक्रमबाट प्राप्त टेलिभिजन, ट्याब, विभिन्न पाठ्यक्रमका एप तथा विविध शैक्षिक सामग्रीबाट अपाङ्गताअनुसार शिक्षण गरिँदै आइएको छ ।

“कार्यक्रमले शिक्षकलाई तालिम दिएपछि शिक्षणमा थप सहजता भएको छ भने अपाङ्गता भएका विद्यार्थी रुचिपूर्वक अध्ययनमा ध्यान दिएका छन”, नकर्मीले भने ।

प्रविधियुक्त शिक्षण विधिले बौद्धिक अपाङ्गता भएका बालबालिकाको बानी–व्यवहारमा केही मात्रामा परिवर्तन हुँदै गएको आदर्श बाल विकास केन्द्र (बौद्धिक अपाङ्गता विशेष स्कुल)को प्रधानाध्यापक मैया वैद्यले बताइन् । उनिले भनिन्, “डिस्प्लेमार्फत अध्ययन प्रकृतिका, हाँस्य र खेलजन्य सामग्रीको प्रस्तुतिले उनीहरूको एकोहोरोपन केही कम हुँदै गएको पाएका छौँ ।” उनका अनुसार विद्यालयमा प्रदान गरिएका सामग्रीले विद्यार्थीको आक्रामक शैलीलाई नियन्त्रण गर्न सहयोगी भएको छ । केन्द्रमा बौद्धिक अपाङ्गता भएका ३८ बालबालिका छन् ।

काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरका अपाङ्गता बालबालिका भएका विद्यालयका कार्यक्रम लागू गरिएको हो । लक्षित विद्यालयका सम्पूर्ण बालबालिकाका र अपाङ्गता भएका शिक्षकमा समेत कार्यक्रमले समेटेको छ ।

बनेपा नगरपालिका शिक्षा शाखाले आफ्ना क्षेत्रमा कार्यक्रम सञ्चालित विद्यालयमा इन्टरनेट सुविधा तथा दुई विद्यालयमा विज्ञान प्रविधि ल्याब व्यवस्थापन गरेको छ । शाखा प्रमुख शिवराज त्रिपाठीले नगरभित्रका विद्यालयमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिई अन्य विद्यालयमा लागू गर्न प्रक्रिया थालिने बताए ।

त्रिपाठीका अनुसार कार्यक्रम सञ्चालनपश्चात अपाङ्गता भएका बालबालिकाको पढाइ क्षमतामा सुधारसँगै त्यस शिक्षणमा शिक्षकको क्षमता अभिवृद्धि हुँदै गएको छ । “शिक्षकको शिक्षण क्षमता सुधार हुनु भनेको आउने अपाङ्गता भएका बालबालिकाको शैक्षिक भविष्यलाई सफल बनाउनु हो”, त्रिपाठीले भने । उनले कम आर्थिक व्यवस्थापनले समेत अपाङ्गता भएका बालबालिकाको शिक्षण सुधार गर्न सकिने भएकाले अन्य स्थानीय तहलाई अनुशरण गर्न आग्रह गरेका छन् ।

कार्यक्रम बागमती प्रदेशको चार जिल्लामा लागू गरिएको छ । जसअन्तर्गत काभ्रेपलाञ्चोकसहित काठमाडौँको सात नगरपालिका, ललितपुरको एक उपमहागरपालिका र एक नपा र धादिङको एक नपा र दुई गाउँपालिका छन् ।

कार्यक्रममार्फत पाँच सय ८१ अपाङ्गता भएका बालबालिका, छ हजार दुई सय ९५ प्रारम्भिक तहका बालबालिका, ४९ विद्यालय र ९६ शिक्षक लाभान्वित भएको कार्यक्रम संयोजक दुर्गा कार्कीले जानकारी दिइन् ।

 

वि.सं.२०७९ चैत १७ शुक्रवार १४:२३ मा प्रकाशित

ADBL AD
आश्विन शुक्ल सप्तमी : आज कालरात्रिको पूजा आराधना गरिँदै

आश्विन शुक्ल सप्तमी : आज कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँ घर वा...

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट (बागलुङ) । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै...

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७२ करोडभन्दा बढीको क्षति

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७२ करोडभन्दा बढीको क्षति

काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको...

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना...

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...