Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

माल्टामा रहेका नेपाली संघसंस्थाद्वारा प्याराडाइज बेमा सरसफाई



माल्टा । नेपाल माल्टा च्यारिटी अर्गनाईजेशन र कोस्टा क्लिन फाउन्डेशन माल्टाको संयुक्त आयोजनामा माल्टाको प्याराडाइज बे माल्टामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा कोस्टा क्लिन फाउन्डेसन माल्टाका संयोजक मार्क गलियाको पनि उपस्थिति रहेको थियो ।

मार्क गलियाले गत फेब्रअरिमा सगरमाथा बेस क्याम्पमा गएर त्यहा पनि सरसफाइ गरेका थिए । उक्त सरसफाइ कार्यक्रममा माल्टामा रहेका बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि नेपाल माल्टा च्यारिटी अर्गनाईजेशनका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेशनका संयोजक प्रकाश भण्डारी, उपसंयोजक रेम्स खनाल र शर्मिला बस्नेत, सदस्य सचिव हरि प्रकाश बिक, कोस्टा क्लिन फाउन्डेशन माल्टाका संयोजक मार्क गलिया, तमु समाज माल्टाका अध्यक्ष तथा नेपाल माल्टा च्यारिटी अर्गनाईजेशनका उपसंयोजक मधु गुरुङ, नेपाल जनसम्पर्क समिति माल्टाका महामन्त्री उज्ज्वल केसी, एनएमएफसि माल्टाका अध्यक्ष राजेन्द्र बिष्ट, तामाङ समाज माल्टाका संयोजक सुनिल तामाङ दोंग, नेपाल माल्टा च्यारिटी अर्गनाईजेशनका सदस्यहरु भगवान थापा,लोक पौडेल,शंखर खत्री,अनिश राई, निरज श्रेष्ठ, जीवन पौडेल, नरेश थापा,सुजन रिमाल,धन कुमार राईलगाएतको उपस्थिति रहेको थियो ।

यस्ता प्रकारका कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने र सहकार्य गरि अगाडि बढ्ने संयोजक प्रकाश भण्डारीले बताए ।
भण्डारीले सम्पूर्ण माल्टाबासि नेपालि दाजु भाइ तथा दिदिबहिनीहरुलाइ यस्ता कार्यक्रममा जोडिन आग्रह गर्दै सबैलाई समेटेर अगाडि बढ्ने बताए । उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रम गर्ने बताउँदै नेपाल माल्टा च्यारिटी अर्गनाईजेशनमा जोडिन सम्पुर्ण माल्टावासि नेपालीहरुलाई आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको