Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

२२ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनिलाई हस्तान्तरण



काठमाडौँ । विभिन्न मितिमा हराएका २२ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गरी १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनि १ हजार २ सय ८९ ओटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३८७ ओटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये आजको २२ ओटा सहित ३६० ओटा दुईपाङ्ग्रे सवारी साधन, ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको बताइएको छ ।

यस्तै चैत महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको एउटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका १ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको छ । यस अघि पनि चोरीको २४ ओटा मोटरसाईकल सहित चोरीमा संलग्न २६ जना मानिसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धीत परिसर तथा वृत्तहरूमा बुझाई सकेको प्रहरी कार्यालयले जनाएको छ । अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको जनाइएको छ ।

लाखौँ रकम तिरेर खरिद गरेको सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरेमा सवारी साधन चोरी हुनबाट जोगाउन सकिने सुझाव प्रवक्ता भट्टले दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको