
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागिरहेको बेला एकमन्त्रीले भने राजीनामा दिएका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रालयका विषयमा यसअघि नै असन्तुष्टि जनाउँदै आएको जनमत पार्टीले यसपटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफुलाई दिन माग गरेको थिए । तर,बागबन्डाका क्रममा आफुलाई पुरानै मन्त्रालयमा चित्त बुझाउनुपर्ने स्थिति आएपछि खानलाई फिर्ता बोलाएको हो ।
मन्त्री खानले पार्टीको निर्देशन अनुसार आफुले राजीनामा दिएको बताएका छन् ।